दफा ५३
दोहोरो सुविधा प्रदान गर्न नहुने
(१) यस ऐन वा प्रचलित कानून बमोजिम नेपाल सरकार वा प्रदेश सरकारले कुनै उद्योगलाई सेवा, सुविधा वा सहुलियत प्रदान गर्दा दोहोरो पर्ने गरी कुनै सेवा, सुविधा वा सहुलियत प्रदान गर्न हुँदैन।

(२) नेपाल सरकारले यस ऐन बमोजिम कुनै उद्योगलाई प्रदान गरेको सेवा, सुविधा वा सहुलियतको जानकारी त्यस्तो उद्योग रहेको प्रदेशको सम्बन्धित मन्त्रालय वा निकायलाई र प्रदेश सरकारले प्रदेश कानून बमोजिम कुनै उद्योगलाई प्रदान गरेको सेवा, सुविधा वा सहुलियतको जानकारी विभागलाई दिनु पर्नेछ।